अन्तराष्ट्रिय सम्मेलनमा भाग लिदै झापाका बिधार्थीहरु

दमक / बिधार्थीको गुणीय चक्र अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन जाने बिधार्थीको एक टोलीलाई स्मारिका सामुदायिक बोडिङ्ग स्कुल कमलले साेमबार बिदाइ गरेको छ ।

भारतको लखनौमा हुने बिधार्थीको गुणीय चक्र अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन गएको गुणराज गिरीको टोलीलाई एक कार्यक्रमका बीच बिदाई गरिएको हो ।

लखनौको सिटी मन्टेश्वरीमा मंसिर ११गते देखि १४गते सम्म हुने बिधार्थीको गुणीय चक्र अन्तराष्ट्रिय सम्मेलन( आइ सी एस क्यू सी ) मा सहभागी हुन स्मारिका बोडिङ्गको टोली गएको बिधालयका निर्देशक भोजकुमार राईले बताउनु भयो ।
लखनौमा बिधार्थीहरु बीच हुने वक्तृत्वकला ,हाजिरी जवाफ ,घटना अध्ययन र कोलास प्रतियोगितामा सहभागी ७ जना बिधार्थी र बिधालयका प्रिन्सिपल गिरीलाई बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर लिम्वूले खादा ओढाएर सम्मान पूर्वक बिदाई गर्नु भयो ।

प्रतियोगितामा भाग लिन कृशला खड्का , समाना विष्ट , अपेक्षा गुरुङ्ग , आविस पौडेल , मौसम न्यौपाने , राजेश दाहाल आशिषका भटराई र राजेश दाहाल जानु भएको स्मारिका बोडिङ्गले जनाएको छ ।
सो प्रतियोगितामा भाग लिन झापा जिल्लाको स्मारिक बोडिङ्ग ,झापा मोडल आवासिय मावि दमक ,फक्तालुङ्ग अग्रेजी मावि दुर्गापुर र इष्ट होराइजन बोडिङ्ग स्कुल मेचीको बिधार्थी पनि गएको स्मारिका बोडिङ्गको लेखा समिति संयोजक लाल बहादुर बिष्टले जानकारी दिनु भयो ।

Facebook Comments Box

                     

अरुपनि