विश्व शाैचालय दिवसमा मजदुरले बुझाए ज्ञापनपत्र

बेनुराज प्रसाई
दमक /दाेस्राे विश्व शाैचालय दिवसकाे अवसरमा अाज यातायात मजदुर संघ झापाले दमकका विभिन्न ठाउँहरुमा निशुल्क साैचालयकाे माग सहितकाे ज्ञापनपत्र बुझाएकाे छ ।

गत वर्ष सिंगापुरकाे अाई टि एफ विश्व महाधिवेशनले यातायात मजदुरहरुकाे सुविधाकाे लागी विश्व भर नाेभेम्बर १९ मंसिर ३ गते अाफ्ना अाबद्ध संघहरुलाइ परिचालन गर्दै
गत बर्ष मात्र संघकाे काठमाडौं जिल्ला समिति मार्फत काठमाडौं महानगरपालिका लाई ज्ञापनपत्र दिई नेपालक‌‌‌ै पहिलाे पटक याे दिवस मनाएकाे थियाे ।

संघकाे राष्ट्रिय कार्य सम्पादन समितिकाे ७६ साल कात्तिक २२ गते बसेकाे बैठककाे निर्णय अनुसार यसपालि भने देश भरकै जिल्ला समितिहरुले अाफ्ना जिल्लामा रहेकाे स्थानीय सरकारलाई ब्यानर सहित मेयर , उपमेयर तथा कार्यकारी अधिकृत लाई ज्ञापन पत्र बुझाएर साे दिवस मनाउने निर्णय भए पछि झापा जिल्ला कार्य समितिले अाज झापाकाे दमक स्थित दमक नगरपालिकामा उपप्रमुख गिता अधिकारी लाई ज्ञापन पत्र बुझाईएकाे थियाे ।

ज्ञापन पत्रमा प्रत्येक बस स्टपहरुमा पर्याप्त संख्यामा व्यावस्थित निशुल्क सर्वजनिक चर्पीकाे ब्यवस्थापनका लागि दमकका ट्याक्सी स्टेण्ड , नाईट काउन्टर,कृष्ण मन्दिर स्टेण्ड, पश्चिम बस स्टेण्ड, क्याम्पस माेड स्टेण्ड, बेल्डाँगी बस स्टेण्ड लगायतका ठाउमा सर्वजनिक शाैचालयकाे माग गरिएकाे थियाे ।

झापा जिल्ला कार्यसमितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठकाे संयाेजकत्वमा भएकाे साे कार्यक्रममा केन्द्रीय सदस्यहरु कमल थापा,बिश्वाश काश्यब,प्रदेश सदस्य डार्विन संग्राैला लगायत नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समिति र ईरिक्सा चालक दमक नगर ईकाईका कार्य समितिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा साे कार्यकाे पहल स्थानीय सरकार ले गर्न पर्नेमा मजदुर संघ जिल्ला समितिले गरेकाेमा अाफ्नाे ध्यान अाकर्षण भएकाे दमक नगरपालिका उपप्रमुख गिता अधिकारीले बताएकाे कार्यक्रम संचालक नेपाल याताया मजदुर संघ झापाका सचिव गाैतम कुमार लामाले जानकारी दिए ।

Facebook Comments Box

                     

अरुपनि