नेपाली कांग्रेसका वरिष्ठ नेतारामचन्द्र पौडेलले दमकमा यस्ताे कार्य गरेपछि

दमक / नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व सभामुख रामचन्द्र पौडेल आज झापाको दमकमा आउनु भएको छ ।

भोली विर्तामोडमा हुने पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ आज हेटौडा हुँदै दमक आउनु भएको हो ।
नेता पौडेलले दमक ६ र ७ को संगमस्थलमा केहि महिना अघि अनावरण गरिएको कविशिरोमणी लेखनाथ पौड्यालको शालिकमा फूलमाला अर्पण गर्नु भयो भने दमक ७ मा निर्माणाधिन पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवन समेत निरिक्षण गर्नुभयो ।

सो क्रममा नेता पौडेलले हरेक जाती वंशको तथ्याङक संकलन अनुसन्धानले इतिहासको खोजी र संरक्षण गर्न महत्वपूर्ण सहयोग पुरयाउने विचार व्यक्त गर्नुभयो ।
नेता पौडेललाई दमक प्रवेशको क्रममा मावा पूलमा नेपाली कांग्रेसका सभापति उद्धव थापा, झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीसहित पार्टी नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

उहाँलाई पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेल, पौड्याल वंशोद्धार केन्द्रिय समितिका महासचिव युवराज पौडेल, पौड्याल वंशोद्धार केन्द्रिय समितिका पूर्व अध्यक्ष  एवम् दमक ७ का वडाध्यक्ष भिम पौडेल, नगर अध्यक्ष बुद्धिमान पौडेललगायतले स्वागत गर्दै निर्माणाधिन सो भवनका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा महासंघका केन्द्रिय अध्यक्ष पौडेलद्धारा लिखित पुस्तक पनि हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box

                     

अरुपनि