ठाउँ ठाउँमा सरकार बिरुद्ध कांग्रेसकाे खबरदारी तथा बिराेध

दमक / नेपाली कांग्रेसले आज झापाको दमकसहित जिल्लाका दश ठाउँमा सरकार विरुद्ध खबरदारी तथा विरोध सभा गरेको छ ।
पार्टीले १४ दिनदेखि जारी राखेको हिमाल पहाड तराई मधेस दोश्रो जनजागरण राष्ट्रिय अभियान अन्तर्गत सबै प्रदेश सभा क्षेत्रमा त्यस किसिमका विरोध सभा गरेको हो । झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा ख क्षेत्रको आयोजनामा दमक चोकमा भएको सभालाई सम्बोधन गर्दै वक्ताहरुले सरकारको कार्यशैली राज्य र सामाजिक संघ संस्थाहरुमा पार्र्टीकरण भएको आरोप लगाए । सभामा अभियानका केन्द्रिय प्र्रतिनिधि विनोद राईले कांग्रेसले जनजागरण मार्फत सरकारलाई सांकेतिक विरोध प्रस्त’त गरेको बताउन’ भयो ।
सभामा कांग्रेस सांसद एवम् नेतृ महेन्द्रक’मारी लिम्ब’ले प्रहरी प्रशासनमा समेत नेकपाको पार्टीकरण भित्रिँदा हिंसा पीडित महिला तथा उत्पीडितहरुले न्याय पाउन नसकिरहेको भन्दै अन्यायका विरुद्ध आफ” जनताको प्रतिनिधित्व गर्दै ज’नस’कै आन्दोलनको पनि अग’वाई गर्न तयार रहेको उद्घोष गर्न‘ भयो । उहाँले राज्यका निकायहरुमा बढ्दो पार्टीकरण र तानाशाही प्रवृत्तीले लोकतन्त्रमाथिनै खतरा बढेको औंल्याउन’ भयो । कार्यक्रममा पार्टीका जिल्ला उपसभापति राम कटटेलले पनि मन्तव्य राख्न’ भएको थियो । पार्टीका ५ नम्बर क्षेत्रीय सभापति ढ’ण्डीराज भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम प्रदेश ख क्षेत्रका संयोजक पदम लिम्ब’को सभापतित्वमा भएको थियो । क्षेत्र नं ५ अन्तर्गतको क क्षेत्रमा पनि सोहि प्रकृतिको सभा भएको बताइएको छ ।

Facebook Comments Box

                     

अरुपनि