दमकमा पाउ पाथिभरा निर्माण सेवा प्रा ली संचालनमा

बेनुराज प्रसाईं दमक /निर्माण क्षेत्रलाई सरल अाधुनिक र बिस्वासिलाे बनाउन दमकका निर्माण तथा युवा ब्यबसायीहरुले पाउ पाथीभरा निर्माण सेवा प्रा लि द्वारा सेवा प्रदान गर्ने भईका छन् ।

झापाकाे दमक ४ स्थित तारावारीमा दमकका निर्माण तथा युवा ब्यावसायीहरुले अाधुनिक प्रबिधिकाे ढलान तयार गर्ने मेसिन सन्चालनमा ल्याउने भएका छन साे कम्पनिकाे ९० प्रतिशत भन्दा बढि काम सम्पन्न भईसकेकाे छ ।

आज पत्रकार सम्मेलन गर्दै साे प्रा लि ले ढलान सम्बन्धि सम्पुर्ण कामका लागि रेडिमिक्स कन्क्रीट अावश्यक माप दण्डमा तयार गरि जुन सुकै ठाउमा सर्बसुलभ मुल्यको साथ ढुबानि गर्ने कम्पनिका सदस्य राजु खड्काले बताए ।

हाल सम्म १२ कराेड लगानी भैसकेकाे साे कम्पनिकाे पुर्वमा माईधार,पश्चिमा पथरी, उत्तरमा मधुमल्ला भने दक्षिणमा गाैरीगञ्ज सम्मलाई सेवादिने लक्ष रहेकाे र साे कम्पनी मा ४५ जना भन्दा बढिले राेजगार पाउने कम्पनीका सचिव ईन्द्रकुमार राईले जनाए ।

भाेलि विश्वकर्म पुजाकाे अवसर पारेर उत्घाटन गरिने र कम्पनीले असाेज ७ गते बाट लगातार
निर्माण कार्य गर्ने भएकाे छ । कम्पनिले १ घण्टामा ३० घनमिटर कन्क्रीट उत्पादन गर्न सक्ने र जस्ताे सुकै साधुराे ठाउँमा पनि सजिलै काम गर्न सकिने सिमेन्ट खेर नजानाे, वायु तथा ध्वनि प्रदुषण रहित जस्ताेसुकै भिडभाडमा पनि ३० तला सम्मकाे काम सहज रुपमा गर्न सकिने यान्त्र रहेकाे कम्पनीका अध्यक्ष कर्ण तामाङले जनाएका छन् ।

Facebook Comments Box

                     

अरुपनि