हिमाञ्चल साकोसको १० औं साधारण सभा सम्पन्न

दमक/ दमक ६ स्थित हिमाञ्चल बचत तथा ऋण सहकारी संस्थाले बिहीबार पुरस्कार तथा सम्मान सहित आफनो १० औ बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय उधाेग बाणिज्य संघकाे हलमा एक कार्यक्रम गरि उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरि आफनो साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि राष्टिय सहकारी बैकका दमक साखा प्रमुख बिबेक डागीको प्रमुख आतिथ्यतामा भएको साे कार्यक्रममा बिशिस्ट अतिथि दमक वडानम्बर ६ का वडाध्यक्ष टेक बहादुर थापा अतिथिहरुमा रेडक्रस दमकका रक्त संचार प्रमुख सिद्धार्थ दाहाल, उधाेग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र ढकाल, सुर्यकिरण सहकारीका कार्यलय प्रमुख प्रेम पाण्डे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि बिबेक डागिले पानसमा बत्तीबालेर कार्यक्रमकाे उत्घाटन गरेका थिए ।
साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष बुद्ध पाण्डेले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा संस्थामा गएको वर्ष उत्कृष्ट बाल बचत ३ जना अवधिक बचत ३ जना, कर्जा तर्फ ३ जना दैनिक उत्कृष्ट बचत बाट १५ जनागरि २४ जनालाई सहकारीले पुरस्कृत गरिएकाे थियाे ।

संस्थाका कार्य समिति सदस्य रबिन्द्र कुमार गजमेरले स्वागत मन्तव्य राखेको सो साधारणसभामा दमक रेडक्रसका रक्तसंचार प्रमुख सिद्धार्थ दाहाल, दमक उधाेग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र ढकाल,दमक वडानम्बर ६ का अध्यक्ष टेक बहादुर थापा,
राष्टिय सहकारी बैकका दमक साखा प्रमुख बिबेक डाङ्गि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

१७ सय १८ सेयर सदस्य रहेकाे साे सहकारीले हाल सम्म ६ कराेड ९४ लाख ८८ हजार ८१ रुपैया ८० पैसाकाे काराेबार गर्न सफल भएकाे संस्थाले अतिथिहरुलाई मायाकाे चिनाे समेत प्रदान गरेकाे कार्यक्रम संचालक संस्थाका संचालक समिती सदस्य ज्ञानेेेेन्द्र काेईरालाले बताए ।

Facebook Comments Box

                     

अरुपनि