शिबसताक्षीमा गोपाल गौरीकाे हरितालीका तिजको

दमक १० भदो / झापाको शिबसताक्षी ११ झिलझिलेमा रहेको गोपाल गौरी दिगो बिकास प्रतिस्ठानले हिन्द् नारीहरुको माहान पर्ब हरितालीका तिजको अवसरमा बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
आज प्रतिस्ठानको कार्यलयमा आयोजित कार्यक्रममा महिलाहरुले दर खाएर नाचगान गरि तिज मिलान कार्यक्रम मनाएका हुन । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद झलकसिह दर्लामीले पछिल्लो समयमा तिज पर्ब खर्चिलो र भड्किलो भईरहेकोले यस्तो प्रबृत्ति रोक्नु पर्ने बताउनुभयो । फरक प्रशंगमा उहाले प्रतिस्ठानमा एकल महिला र बिपन्न महिलाहरुलाई बिभिन्न सिपमुलक कार्यक्रम संचालन गरिरहेको भन्दै प्रशंसा गर्दै प्रतिस्ठानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रतिस्ठानमा रहेर ढाका बुनाई र सिलाई कटाई सम्बन्धी काम गरिरहेका एकल तथा बिपन्न महिलाहरुलाई तिजको आभासलाई कम हुन नदिन तिज मिलान कार्यक्रम गरिएको प्रतिस्ठानकी अध्यक्ष इन्दिरा गौतमले बताउनुभयो । प्रतिस्ठानमा हाल ४० जना एकल तथा बिपन्न महिलाहरले सिपमुलक काम गरिरहेको बताइएको छ । सो कार्यक्रममा नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई , ११ नम्बर वडाध्यक्ष भैरब श्रेष्ठ लगायत नगरका बिभिन्न स्थानका महिला समुह तथा आमा समुहहरुको उल्लेखिय रुपमा सहभागिता रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि