दमक उधाेग बाणिज्य संघकाे लोकतान्त्रीक समुहकाे उम्मेदवारी घाेषणा

दमक / नेकपा निकट व्यवसायीहरुको प्रगतिशिल समुहले उम्मेद््वारी घोषणा गरेको भोलीपल्ट नेपाली कांग्रेस सहित ८ वटा साना दलको संयुक्त लोकतान्त्रिक समुहले पनि आफ््ना उम्मेद््वारहरु घोषणा गरेको छ ।
दमक उद्योग वाणिज्य सघंको आगामी भदौ २० गते हुने निर्वाचनका लागि दुवै समुहले आ–आफ््ना उम्मेद््वार घोषणा गरेका हुन । दमक ६ स्थीत घिमिरे मार्केटमा सोमबार लोकतान्त्रिक समुहले पनि आफ््ना उम्मेद््वार घोषणा गरेको हो । यस अघि सामाजीक सञ्जालमा बेलाबेला लोकतान्त्रीक तर्फबाट अध्यक्षमा गोकुल श्रेष्ठको नामले धेरै चर्चा पाएको थियो । यद्यपी केहि व्यवसायीमा लोकतान्त्रीकबाट प्रकाश प्रसाई हुने कि गोकुल श्रेष्ठ हुने भन्ने बारेमा अन्यौलता रहेको थियो । प्रगतिशिलबाट कस्तो उम्मेद््वार घोषणा हुन्छ सोहि अनुरुप प्रतिस्पर्धा गर्न सक्ने समुहको नाम घोषणा गर्ने दाउ पर्खेर बसेको लोकतान्त्रीकले सोमबार गोकुल श्रेष्ठ नेृतृत्वको समुहको आधिकारीक रुपमा घोषणा गरेको छ । जसमा अध्यक्षमा गोकुल श्रेष्ठको उम्मेद््वारी रहेको छ भने बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र तृतिय उपाध्यक्षमा क्रमश सहदेव आचार्य(सुरज), राजु खड््का, राजकुमार योङया र रमा लिम्वु रहेका छन्् । खुल्ला सदस्यमा सुरज लिम्वु, चन्द्र खत्री, तुलसीराम तिम्सिना, नविन अग्रवाल, संजिव रौनियार र रुपक दाहाल रहेका छन्् । त्यसै गरि खुल्ला महिला सदस्यमा दिलु सुब्बा र सुस्मा निरौला(न्यौपाने)को नाम घोषणा गरिएको छ । उम्मेद््वार छनौट समिती संयोजक सुरेश सुब्बाले उम्मेद््वारीको नाम घोषणा गरेका हुन । उनले बस्तगत तर्फबाट, होटल, मोवाईल, अटो मोवाईल, सुनचाँदी र ग्यास व्यवसायीकोको तर्फबाट क्रमश मोहन ढकाल, भेनस श्रेष्ठ, प्रकाश नेपाल रुवल अधिकारी र तिलक डाँगीको नाम घोषणा गरे । लेखा समिती संयोजकमा पारसमणी आचार्य रहेका छन्् भने सदस्यमा दिपेन्द्र तिवारीको नाम घोषणा गरिएको हो । उम्मेद््वारहरुलाई कार्यक्रममा उपस्थित बिभिन्न आमन्त्रीत अतिथिहरुले ढाका टोपी लगाइदिएर मिठाई समेत खुवाउँदै सुभकामना दिएका थिए ।

Facebook Comments Box

                     

अरुपनि