यातायात मजदुरकाे जिल्ला समितिमा नयाँ नेतृत्व चयन

दमक / झापाकाे दमकमा अाज नेपाल यातायाल मजदुर संघ झापा जिल्लाकाे नयाँ कार्यसमितिकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल यातायात मजदुर संघ झापाकाे कार्यसमितिमा रहेका अध्यक्ष बिश्वास कुमार कास्यबले अाफ्नाे कार्य ब्यस्तताका कारण केहिदिन अघि अाफ्नाे राजीनामाकाे माग गरेपछि संस्थाकाे बिधानअनुसार कार्यसमिति भङ्गभएकाे र साे कार्य समितिलाई निरन्तर्ता दिनकाे लागि नयाँ कार्यसिमिती गठन गरिएकाे छ ।

नेपाल यातायात मजदुर संघ प्रदेश नम्बर १ का अध्यक्ष पुर्ण प्रधानकाे अध्यक्षतामा रहेकाे कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य शुरेस सुब्बा,नेपाल यातायात मजदुर संघ केन्द्रीय उपाध्यक्ष हरि थापा, ट्रेड युनियन कांग्रेस झापा जिल्ला अध्यक्ष यज्ञ प्रताप अधिकारी,नेपाली कांग्रेस क्षेत्रिय सभापति ढुन्डिराज भण्डारी, नगर सभापति राेषन बिष्ट, नेपाल यातायात मजदुर संघ केन्द्रीय सदस्य गाेपाल थापाल,यातायात मजदुरका बिभिन्न ईकाईका प्रतिनिधि लगायत स्थानीय मजदुरहरुकाे उपस्थिति रहेका थियाे ।

गठित नयाँ कार्य समितिमा अध्यक्षमा गान्धी प्रसाद भण्डारी, उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, रमेश उप्रेती, सचिव गाैतम लामा, सहसचिव देवनारायण ढुङ्गान, काेषाध्यक्ष प्रकाश कन्दन्वा,सदस्यहरुमा केशव श्रेष्ठ,राजु बुढाथोकी,खड्ग पाण्डेलाई कार्यक्रम अध्यक्ष पुर्ण प्रधान द्वारा सफत ग्रहण गराईएकाे थियाे ।

कार्यक्रममा संस्थामा स्थगित रहेका हरेक कार्यहरुलाई निरन्तरता दिईने नवनिर्वाचित अध्यक्ष भण्डारीले बताए ।

Facebook Comments Box

                     

अरुपनि