संखुवासभा हत्याकाण्डका आरोपित सार्वजनिक

संखुवासभा / प्रहरीले मादी सामूहिक हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। प्रहरीले कार्कीलाई इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मादी नगरपालिका–१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिबार बिहान अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

अभियुक्त कार्कीले ६ जनालाई आफूले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनी मृतकका परिवारका नाती पर्छन्। मादी–१ उम्लिङको खोला गाउँमा एकैपरिवारका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो। अन्नपुर्ण पोस्टबाट साभार

गएराति बारामा भएकाे भाेटरसाईकल दुर्घटनामा ३ जनाकाे मृत्यु

कलैया । बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।

जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोकिँदा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्त गौतम मिश्रले जानकारी दिनुभयो ।

भीडभाड नगरी  चाडपर्व मनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै  भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए ।

कोभिड–१९ को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार  दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडबाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ ।
उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । काठमाडौँ जिप्रकाले अहिले पनि कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले जनै पूर्णिमासँगै सोमबार हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरेका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार  सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रमण नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहको छ ।  निषेधाज्ञाका बेलामा पनि ठाउँठाउँका व्यापारिक केन्द्र, मठमन्दिर  र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनै पूर्णिमाका दिन विभिन्न शक्तिपीठमा मानिसको भिड थियो ।

झापामा फेरि निषेधाज्ञा थपियाे  ।  अबकाे निषेधाज्ञा यस्ताे हुने

झापा ,/जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा फेरि लम्ब्याएको छ ।

जिल्लास्थित कोभिड व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले साउन २३ गते मध्यरातदेखि साउन ३२ गते राति मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ।

बैठकले पूर्वी नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने तथा नेपाल भारत खुल्ला सीमाना रहेको झापाका अन्य गौडाबाट प्रवेशमा पूर्ण रोक लगाउने, पूर्वी नाकाबाट प्रवेश गर्ने स्वदेशी नागरिकको हकमा एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए अवस्था हेरेर आइसोलेसन केन्द्र वा थप उपचारका लागि मेची अस्पताल लैजाने र झापा बाहेकका जिल्लाको हकमा आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाउने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी राखेर आलोपालो मिलाई हप्तामा ३ दिनमात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेको बैठकले खाद्यान्न, फलफूल, दूध तथा दैनिक आवश्यक सामग्री तथा कृषिजन्य उत्पादनमा प्रयोग गरिने मलखाद, बीउविजन खरिदको समयमा भने १ घण्टा बढाएर बिहान ६ बजेदेखि ९ बजेसम्म पुर्याएको छ ।
यसअघि ६ बजेदेखि ८ बजेसम्म मात्र तोकिएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर राजमार्गमा सार्वजनिक सवारी सञ्चालन गर्न पाउने निर्णय गरेको बैठकले निश्चित स्टेसनभन्दा सवारी रोक्न नपाउने निर्णय गरेको जनाइएको छ ।

आजकाे तपाईंको राशिफल, साउन १८ गते साेमबार

वि.सं.२०७८ साल साउन १८ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– नवमी, बिहान १० बजेर १९ मिनेट उप्रान्त दशमी । नक्षत्र– कृतिका, बेलुकी ११ बजेर २७ मिनेट उप्रान्त रोहिणी । योग– वृद्धि, रातको १२ बजेर ४८ मिनेट उप्रान्त ध्रुव । करण– गर,बिहान १० बजेर २९ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–बृष  ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारी बिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुस हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडी बढ्न नसक्दा पछि परिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । अध्ययनमा मन सुधार हुदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पती परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ । घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरीका बढोत्तरीको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारीताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । सानातिना घरेलु समस्याहरूले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रमाउन चाहने हरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मानव निर्मित भौतिक सम्पती तथा विलाशी सामान प्राप्त हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अली बढी नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ । समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरीएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ ।

नेपालमा मनसुनी वायुको प्रभावका कारण मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने

नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही  प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षा भैरहेको छ।
सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती र  गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी  भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमपूर्वानुमान महाशाखाको अनुरोध छ।

मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती,  गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

अब नयाँ स्मार्ट लकडाउन गर्ने सरकारकाे तयारी यस्तो

काठमाडौं / सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो।
‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे।

अहिलेसम्म हुँदै आएका लकडाउन  जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।
अन्नपूर्ण पाेष्ट दैनिक बाट साभार

देशमा कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं / कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए ।

अमेरिकामा आज अपरान्ह ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गयाे

एजेन्सी / अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

आउदाे शनिबार बाट १ साता झापा जिल्ला सिल गरिने

झापा / दिनानुदिन बढ्दो कोरोना संक्रमणको रोकथामका लागि आउदो शनिबारदेखि पुरै झापा जिल्ला सिल गरिने भएको छ ।

डिसीसीएमसी र जिल्लाका पालिकाका प्रमुखहरुको आज बसेको संयुक्त बैठकले पर्सी शनिबारदेखि एक सातासम्म पुरै जिल्ला सिल गर्ने निर्णय गरेको हो ।
यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिका सिल गरिसकिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड कोभिडको संक्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये बाँकी भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबल पनि सिल गर्ने निर्णय भएको जनाइएको छ ।