झिलझिलेकाे आन्छी क्याफे एण्ड वार’अाजबाट बिधिवत रुपमा उद्घाटन

झिलझिले, १ भदौं–झापाको झिलझिलेमा ‘आन्छी क्याफे एण्ड वार’ ले औपचारिक सेवा शुभारम्भ गरेको छ । आज आइतबार, एक कार्यक्रमबीच होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रिय समिति दमकका अध्यक्ष राजन दंगालले क्याफे एण्ड वारको उद्घाटन गरेका छन् ।

सेवा शुभारम्भ तथा उद्घाटन पश्चान बोल्दै दंगालले पर्यटन व्यवसायसँग जोडिएको होटल तथा रेष्टुरेन्ट वा क्याफे–वारलाई ग्राहकहरुको रुची र चाहानालाई पुरा गर्न सकिने सेवा सुविधाहरु दिन सक्नु पर्ने बताए । उनले होटल तथा रेष्टुरेन्टलाई मान्छेको दोस्रो घरको रुपमा हेर्ने र बुझ्ने भएकोले व्यवसायलाई मर्यादित ढंङ्गमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

दमक उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य समेत रहेका होटल व्यवसायी दंगालले रेष्टुरेन्ट वा क्याफे–वारप्रति ग्राहकको आर्कषक बढ्दै गइरहेको र पछिल्लो समय शहर बजारहुदै ग्रामिण क्षेत्रहरुमा समेत रेष्टुरेन्ट वा क्याफे–वार संञ्चालन गर्न प्रतिस्पर्धा भइरहेको बताए । उनले ठूला शहरमा पाइन्ने सुविधा अहिले गाउँ–बजारामा स्थापना भएकोे रेष्टुरेन्ट वा क्याफे–वारले दिइरहेको भन्दै लगानी अनुसारको सेवा सुविधासहित शुल्क लिन सक्नुपर्ने बताए ।

उनले नेपाल सरकारले आगामी अंग्रेजी वर्ष २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा घोषाण गरेको र उक्त कार्यक्रमलाई सफल पार्न होटल व्यवसायीहरुको एकता र सहकार्य हुनुपर्नेमा जोड दिए ।

शिवसताक्षी–८ झिलझिलेस्थित सम्झना चौकमा दीपककुमार (विकेन) मेन्याङ्वो र सुवास मेन्याङ्वोले संयुक्त रुपमा सञ्चालनमा ल्याएको आन्छी क्याफे एण्ड वारमा रु ३५ लाख बराबारको लगानी रहेको छ । झिलझिले–धौलीचौक–जनता–माहाभारा (चौरी) सडकमा स्थापना भएका क्याफे एण्ड वारमा प्रत्येक सोमबार लाईभ म्युजिकका कार्यक्रमहरु हुने छ । त्यस्तैं, क्याफे एण्ड वारमा चीया, कफिदेखी ब्रेकरीको सवै आइटमहरु पाइन्नुका साथै पेय पदार्थहरु, फ्रेस जुस, आइसक्रिमहरु उपलब्ध गरिने छ ।’

त्यस्तैं, बर्थडे लगायतका सवै प्रकारका पार्टी, सेमिनार, गोष्ठी र तालिमहरु सञ्चालन गर्न सकिने क्याफे एण्ड वारमा पर्याप्त पार्किङको सुविधा छ । क्याफे एण्ड वारमा एसी जडित आरामदायीको कोठाहरुसहितको सेमिनार वा पार्टी सञ्चालन गरिने हलको व्यवस्था हुनेछ । पत्रकार सम्मेलन र तालिम गर्न सकिने छ ।

लोकल कुखुरा, हाँस र सुगुरको मासुको व्यवस्था हुनेछ, आन्छी क्याफे एण्ड वारका सञ्चालक सुवास मेन्याङ्वोले भने–’क्याफे एण्ड वारमा चाईनिज फुडका स्वादसमेत खान पाइनेछ । त्यसैगरी, क्याफे एण्ड वारमा भेज तथा नन्भेज मोमो, थुक्पा, चाउमिनहरुको समेत व्यवस्था हुनेछ । सुवासका अनुसार क्याफे एण्ड वारमा अर्डर बमोजिमका विभिन्न आइटमहरु बनाईनेछ र होम डेलिभरीको समेत प्रवन्ध हुनेछ ।’

सेवा शुभारम्भ तथा उद्घाटन कार्यक्रममा सतासीधाम सामुदायीक प्रहरी सेवा केन्द्रका महासचिव सन्त फेउवादेन लिम्बु, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा प्रमुख सुमन कुमार राई, होटल व्यवसायी संघ माइपश्चिम क्षेत्रिय समिति दमकका कार्यसमिति सदस्य दीपक फुयल, शिबसताक्षी–८ का वडा सचिव पुष्प पाण्डे, सतासी जेसिजका कुमार सावा, दमकका युवा व्यवसायी तथा हाम्रोसरोकार अनलाईनका संरक्षक अशिम राई, सुन्दर समाज नेपाल दमकका अध्यक्ष रुपा सेलिङ, लगायत स्थानीय पत्रकार तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सेवा शुभारम्भ तथा उद्घाटनको अवसर पारेर आन्छी क्याफे एण्ड वारले आज भाद्र १ गतेदेखी ५ दिनसम्म छुटसहित विशेष म्युजिक कार्यक्रम गर्ने भएको छ ।

आज पहिलो दिन चर्चित गायीका सुनिता थेगिमको एकल प्रस्तुती रहने हुने सञ्चालक दिपककुमार (विकेन) ले बताए । उद्घाटनको पाँच दिन वाहेक पत्येक सोमबार क्याफे एण्ड वारमा विभिन्न गायक तथा गायीकाहरुले सांगीतिक प्रस्तुतीहरु दिने भएका छन् ।

Facebook Comments Box

                     

अरुपनि