बिर्तामोडकाे निर्माणाधीन हाेटलमा चाेटसहितशव फेला
बिर्तामोड / बिर्तामोड–४ मा निर्माणाधिन द्वारिका होटलमा आज विहान शव फेला परेको छ । सो शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । शव विहान ७ बजे फेला परेको प्रहरीको भनाई छ ।
निर्माणाधिन होटलको पूर्व तर्फ रहेको १ तलेघरको बरण्डामा शिवाकोटीको शव फेला परेको थियो । शरिरभरी चोटैचोट रहेको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख थापाले जानकारी दिएका छन् । उनका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा डेढ इञ्ज चोट छ भने आँखामा रगतको टाटैटाटा बसेको छ । चिउँडोमा निलडाम, घाँटीमा चोट, छातीको दाहिने भागमा ३ इञ्चको निलडाम, हात र खुट्टमा निलडाम देखिएको प्रहरीले जानकारी दिए ।
होटलमा ३ दिनदेखि गार्डको रुपमा कार्यरत शिवाकोटी अविवाहित व्यक्ति हुन् । उनी कनकाई सेक्यूरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएको बुझिएको छ । शवको पोष्टमार्टका लागि घोपा लगिएको प्रहरीको भनाई छ । ईजलास दैनिक बाट
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता