दमक नगरपालिकामा अाजबाट स्थनपान कक्ष संचालन

दमक, २२ साउन–झापाको दमक नगरपालिकाले आफनो कार्यालयमा स्तनपान कक्ष स्थापना सञ्चालनमा ल्याएको छ ।
विश्व स्तनपान सप्ताह समापनका अवसर पारेर बुधबार नगरपालिकामा छुट्टै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको नगर उपप्रमुख गीता अधिकारीले वताईन् ।

स्तनपान कक्षको बुधबार यहाँ एक कार्यक्रमकाबीच नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । उनले नगरपालिकामा आउने सेवाग्रही तथा सर्वसाधारणहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको वताए ।

स्तनपान कक्ष शुभारम्भ कार्यक्रमममा नगर उपप्रमुख गीता अधिकारी, दमक ८ का वडाध्यक्ष पशुपति राज गौतम, कार्यपालिका सदस्य भक्तादेवी दाहाल लगायतले नगरपालिकामा आउने महिला सेवाग्रही तथा कर्मचारी महिलाहरुका लागि स्तनपान कक्ष उपयोगी हुने जोड दिए ।

साउन १६ देखि २२ गतेसम्म विश्वभरि विभिन्न कार्यक्रम गरि स्तनपान सप्ताह मनाउदै आएको छ । सप्ताह कार्यक्रम अन्तर्गत दमकमा शिशुका लागि स्तनपानको महत्व सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिए ।

Facebook Comments Box

                     

अरुपनि