दमकमा खुल्याे कपडा बैंक

बेनुराज प्रसाई दमक / लायन्स क्लब अफ दमक युनाइटेडले झापाकाे दमकमा अाज बाट असहाय र अभर परेकाहरुलाई मध्यनजर गर्दै कपडा बैंक सञ्चालनमा ल्यएकाे छ ।

युनाईटेडले बुधबार दमककाे बसपर्कमा एक कार्यक्रमका बिच साे सेवाकाे उत्घाटन गरेकाे थियाे ।

संस्थाका अध्यक्ष ईन्जिनियर सन्दिप बस्नेतकाे अध्यक्षतामा रहेकाे कार्यक्रममा प्रमुख अतिथि दमक बडा नम्बर ६ का वडाध्यक्ष टेक बहादुर थापा बिशिस्ट अतिथि दमक बडा नम्बर ७ का वडाध्यक्ष भिम पाैड्याल लायन्सका सेकेन्ड एरिया चिफ लायन्स बबर जंग थापा (किरण)
बिशेश अतिथिमा एरिया काेर्डिनेटर सेकेन्ड प्रहर क्षेत्री, एरिया थर्ड काेर्डिनेटर अजय अग्रवाल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि स्थानियबासीहरुकाे उपस्थिति रहेकाे थियाे ।

लायन्सका एरिया काेर्डिनेटर बबर जंग थापाकाे बिशेष पहलमा हुनेले दान गर्नुस नहुनेले ढुक्कले लैजानुस भन्ने स्लाेगनका साथ कपडा बैक संचालनमा ल्यईएकाे र यश संस्थालाई निरन्तर संचालनमा ल्याउनकाे लागि सबैमा सहयाेगकाे अपेक्षा राखेकाे संस्थाका अध्यक्ष ईन्जिनियर बस्नेतले जनाएका छन् ।

कार्यक्रमकाे संचालन भने संस्थाका द्रितिय उपाध्यक्ष साजन श्रेष्ठले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि