विराटनगरमा अाफैले बाेकेकाे ब्लेडले अाफ्नै घाँटी रेटेर पछि

विराटनगर / विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेर घाइते भई लडेको अवस्थामा आइतबार साँझ भेटिएका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सडकमा लडिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । रक्ताम्य अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल ल्याएको छ ।

ब्लेडले काटेर घाँटीको अगाडि पट्टीको भागमा गहिरो चोट लागेको र श्वास नलीमा समेत असर परेको उपचारमा संलग्न चिकित्सक डा. प्रज्वल खतिवडाले बताए । सामान्य बोल्न सक्ने अवस्थामा उद्धार गरिएका लिम्बू लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । प्रहरीका अनुसार उनी दैनिक जसो भारतको जोगवनी पुगेर लागुऔषध सेवन गर्दै नेपाल फर्कने गरेका थिए ।

सामान्य बोल्न सक्ने अवस्थामा रहेका उनले घरमा बुवा र आमा वृद्ध अवस्थामा रहेका कारण आफूलाई तनाव भएकाले ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीलाई बताएका छन् । उनको अवस्था गम्भीर छ । डा. खतिवडाले तत्काल घाँटीको शल्यक्रिया गराउनु पर्ने अवस्था रहेको बताए ।

Facebook Comments Box

                     

अरुपनि