श्रेष्ठकाे जन्माेत्सवमा अाश्रमलाई सहयाेग

दमक /झापा दमकका एक समाजिक ब्याक्तित्व अर्थात नेपाल यातायात मजदुर संघ झापाका बरिस्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठले अाज अाफ्नाे जन्मदिनको अवसरमा एक अाश्रमलाई सहयाेग गरेका छन् ।

नेपाल यातायात मजदुर संघ झापाका बरिस्ठ उपाध्यक्ष तथा दमकका सामाजिक व्यक्तित्व बालकृष्ण श्रेष्ठले आज आफ्नो जन्मदिनको अवसरमा दमक ९ मा रहेकाे अनाथ बाल बृद्धाश्रममा आश्रित ६ बालबालीकाहरुलाई बिभिन्न शैक्षिक तथा खेलकुदका सामाग्रिहरु उपलब्ध गराएका छन् ।

दमकका व्यवसायी समेत रहनु भएका श्रेष्ठले आफ्नो जन्मदिन तडक भडक गर्दै मनाउनु भन्दा उक्त रकमले सामाजिक कार्य गरौं भन्ने लागेर आश्रममा आश्रीत बालबालीकाहरुका लागी कपि, डटपेन, फुटबल लगायत बिभिन्न खेलकुदका सामाग्रिहरु वितरण गरिएको बताएका छन् ।

यस अघि पनि बिभिन्न सामाजिक काममा सक्रिय श्रेष्ठले आश्रममै पुगेर उक्त सामाग्रिहरु हस्तान्तरण गरेका छन् ।
आश्रममा बेसाहरा ६ जना बालकहरु आश्रित रहेको आश्रमकी अध्यक्ष सुमित्रा प्रसाईले जानकारी दिईन् ।

Facebook Comments Box

                     

अरुपनि