यातायात मजदुरले गर्याे १ दिवसीय प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम

दमक / झापाकाे मेचीनगर स्थित काँकडभिट्टामा नेपाल यातायात मजदुर संघ प्रदेश १ को आयोजनामा प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश १ का अध्यक्ष पुर्ण प्रधान काे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख आतिथी नेपाली कांग्रेस जिल्ला उपसभापति राम कट्टेलले प्रशिक्षण कार्यक्रमको उद्घाटन ब्यानर पढेर गरेका थिए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेस केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले संघमा आवद्ध यातायात मजदुरहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले एक दिवसीय नेतृत्व विकास सम्बन्धी प्रशिक्षण तथा विभिन्न जिल्लाकाे प्रतिनिधि बाट मजदुरकाे बस्तु स्थिति बारे जानकारी लिएकाे झापा जिल्ला बरिस्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विभिन्न जिल्ला इकाइका मजदुर नेता ,ट्रेड युनियन नेता तथा पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ट्रेड युनियन काग्रेस केन्द्रीय उपसभापति अजयकुमार राई ,नेपाल यातायात मजदुर संघ केन्द्रीय अध्यक्ष धर्मराज भण्डारी, प्रदेश अध्यक्ष प्रधान लगायतले प्रशिक्षण कार्यक्रमको महत्व माथि चर्चा गरेका थिए । प्रशिक्षण कार्यक्रमको सञ्चालन संघका प्रदेश सहसचिव गान्धी प्रसाद भण्डारीले गरेका थिए ।
सोहि प्रशिक्षण पछि प्रदेश १ काे बैठकमा नेपाल यातायात मजदुर संघ झापा जिल्ला अध्यक्ष विश्वास कास्यपले आन्तरिक समस्या देखाउदै संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

Facebook Comments Box

                     

अरुपनि