समाजिक अभियानता गाैतमले यसरी मनाए अाफ्नाे जन्म दिन

दमक / दमकका समाजिक अभियानता गणेश प्रसाद गाैतमले शनिवार अाफ्नाे ३६ अाैं जन्म दिनकाे अवसर पारेर अार्थिक अवस्था नाजुक भएकी एक छात्रालाई शैक्षिक समाग्री सहयाेग गरेका छन् ।

ईलामकाे बरबाेटेमा जन्मिएका गाैतम बिगत लामाे समय अघि देखि झापाकाे दमकमा अाफ्नाे कर्म थलाे बनाउदै यातायात ब्यावसयका साथ साथै समाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय देखिने गरेकाे पाईन्छ ।

उनी दुर्घटना न्युनिकरण र जीवन रक्षा सम्बन्धि का विभिन्न कार्यक्रममा सचेत गर्ने क्रममा जीवन चक्र समाज नेपाल नामका संस्थाका संस्थापक अध्यक्ष बन्न सफल गाैतमले
हरेक बर्ष जस्तै आज आफनो जन्मदिनमा दमक १० स्थित हजुरामा सग बसोबास गर्दै आइरहेकी सिहदेबी मा बि  कक्षा ६ मा अध्यानरत टिकामाया रिजाललाई शैक्षिक सामाग्रीहरु बिधालय पोसाक ,जुता ,ब्याग ,कलम ,कपि ,ज्यामिती बक्स लगायतका सामाग्रीहरु प्रदान गरेर मनाएका छ्न ।

केही बर्ष अघि बाबुकाे मृत्युु पश्चात् अामाकाे समेत साथ नपाए पछि ७८ बर्षिया हजुरअामा बसन्ता रिजाल सग बसोबास गर्दै आएकि टिकामाया को आर्थिक अवस्था अत्यान्तै नाजुक रहेको थाहा पाएर गौतमले सहयोग गरेका हुन ।

हस्तान्तरण कार्यक्रम मा साेहि बिधालयका शिक्षक सबिन रिजाल र स्थानीयहरुको उपस्थित रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि