पाडाजुगीमा करेन्ट लागेर १ काे मृत्युु

दमक, ९ साउन–झापाको कमल गाउँपालीकामा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । कमल गाउँपालीका वडा नम्बर ५ पाडाजुंगी आईतबारे घरभएका काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको मंगलमय माविका शिक्षक ओमप्रकाश गौतमले जानकारी दिए ।

बिहान साडे ५ बजे घर नजिकै रहेको गाई बस्तुको गोठमा घाँस लगाउन जाने क्रममा बिद्युतको पोल समाउँदा करेन्ट लागेर जोशीको घटनास्थमै मृत्यु भएको हो । बिद्युतको पोल अड्याउन लगाईएको फलामको तारमा पानी परेको बेला करेन्ट प्रवाह भएकोले सोही तार समाउँदा जोशीको ज्यान गएको शिक्षक गौतमले बताए ।

Facebook Comments Box

                     

अरुपनि