लायन्स क्लब अफ दमक इष्टर्न लायनकाे पद हस्तान्तरण तथा सम्मान

दमक/ झापाकाे दमकमा रहेकाे लायन्स क्लब अफ दमक इष्टर्न लायनले शुक्रबार पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

सन् २०१९/०२० का लागि सो क्लबमा गत जुन ३ देखि नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेपछि क्लबको अन्ताष्ट्रिय नियमानुसार पुरानो नेतृत्वले आफ्नो कार्यकालमा सामाजिक क्षेत्रमा गरिएका कामहरुलाई सार्वजनिक गर्दै नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेको हो ।

तुल्सीराम तिम्सिनालाई पदहस्तान्तरण गरिने साे कार्यक्रममा लायन लिडर अजय अग्रवालको प्रमुख आतिथ्य र तत्कालिन अध्यक्ष विमल शर्माको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
सो अवसरमा शर्माले आफ्नो कार्यकालमा विशेष सहयोग पुरयाउने क्लबका पदाधिकारी तथा सदस्यहरुलाई पनि सम्मानसहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।

सो अवसरमा क्लबका गतिबिधिहरुलाई समाचारका रुपमा सम्प्रेषण गरेर विशेष योगदान दिएको भन्दै पत्रकार विष्णु पोख्रेललाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानका तर्फबाट प्रदान गरिएको सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो । त्यस्तै उत्कृष्ट राम्रो काम गरे वापत अध्यक्ष शर्माले आफ्नो कार्यकालका क्लबका सेक्रेटरी वेनु निरौला र उपाध्यक्ष गंगादेव चौधरीलाई विशेष सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा लियो क्लब इष्टर्न लायनका सञ्जयजङ थापाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा लायन्स क्लब दमक गोल्डका अध्यक्ष काँशी खाती, स्विट सिटीका अध्यक्ष विश्वास कश्याप लगायतको आतिथ्य रहेको थियो । वक्ताहरुले लायन्सका माध्यमबाट सामाजिक क्षेत्रमा लायन्सकर्मीहरुले दिएको योगदानको प्रशंसा गरे । कार्यक्रम इष्टर्न लायनका तत्कालिन सचिव किरण भण्डारी र वर्तमान सचिव राज अग्रवावलले सञ्चालन गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि