पाडाजुँगीमा शुरु गरे हुकुमसिंहले आँखिझ्याल रेष्टुरेँन्ट

दमक / झापाको कमल ५ पाडाजुँगीमा आजबाट आँखीझ्याल रेष्टुरेँन्ट सञ्चालनमा आएको छ । स्थानीय सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित युवा व्यक्तित्व हुकुमसिंह राईले सञ्चालनमा ल्याउनु भएको सो रेष्टुरेँन्टको आज बैदिक विधि अनुसार पूजापाठ गरी औपचारिक रुपमा शुरुवात गरिएको हो ।
करीब ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सो रेष्टुरेँन्टमा कुदिएको आँखीझ्याल आकर्षक देखिन्छ । स्वच्छ वातावरणमा स्वस्थ्य खानेकुराहरु उपलब्ध गराउने लक्ष्य राखेर रेष्टुरेँन्ट सञ्चालनमा ल्याएको सञ्चालक राईले बताउनु भयो । त्यहाँ उद्घाटनको अवसरमा एक साता सम्म पेय पदार्थ, मासु, खाजा नास्ता लगायतका आइटमहरुमा विशेष छुटको व्यवस्था समेत गरिएको बताइएको छ ।

Facebook Comments Box

                     

अरुपनि