मावा खोलाले बगाएकी महिलाकाे उर्लाबारी प्रहरी द्वारा उद्धार

उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
आज दिउँसो उर्लाबारी र दमक नगरपालिकाको सिमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षिया सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीबासीले उद्धार गरेका हुन् । घाईते महिलाको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि