मोवाईलबाट करेन्ट लाग्दा एक बालकको मृत्यु

गौरीगञ्ज / चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरँगको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएको हो ।
मोरँग रतुवामाई १ का गोल्छा महतोका छोरा ६ बर्षिय रोशन महतो गौरादह ८ दामाबारी स्थित मामा सँजित महतोको घरमा बसेर स्थानिय ज्ञानोदय माबिमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।
मोबाईल चार्जमा राखिएको बेला भिजेको हातले छुदा करेन्ट लागेको कुरा पारिबारिक स्रोतले जनाएको छ ।
घटनास्थलको मुचुल्का बनाई बालकको सबलाई पोस्टमार्टमका लागि दमक लैजाने तयारी गरिएको कुरा ईप्रका गौरीगञ्जले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि