पानी नपरेपछि माेरङकाे संन्सारी मन्दिरमा भ्यागुताकाे बिवाह

रंगेली / मोरङको रंगेली नगरपालिका ७ मा रहेको श्री संन्सारी मंन्दिरमा स्थानीय कृषकहरुले पोथी भ्यागुतो र भाले भ्यागुतो को बिवाह गरेका छन ।
मध्य असार वितिसक्दा समेत वर्षा नभएपछि कृषकहरुले भ्यागुतोको विवाह गराउन बाध्य भएका हुन । परापुर्व कालमा बुढापाका हरुले समयमै पानी नपर्दा भ्यागुतो को विवाह गर्ने प्रचलन लाई थाती राख्दै वर्षा हुन्छ भन्ने जनविश्वासका साथ किसानहरुले शनिबार भ्यागुताको विवाह गरेका हुन । किसानहरुले सन्सारी मंन्दिरमा विधिवत रुपमा भाले भ्यागुता र पोथी भ्यागुताको विवाह गरेका थिए ।
वैवाहिक कार्यक्रममा वेहुला र वेहुलीपंक्ष सहित वैवाहिक कार्यक्रम अनुसार किसानहरुले विवाह सम्पन्न गरेका थिए । मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फवाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रगारका सामान लगाएर वेहुलिझै सिगारिएको थियो । भ्यागुताको विवाहा गर्दा वर्षा हुने जन विश्वास रहिआएकोले किसानहरु सामुहिक रुपमा भेलाभई विवाह सम्पन्न गरेका हुन । रंगेली नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठलेले वेहुला र वेहुलीपंक्षको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा रंगेली , सुनवर्सी नगरपालिका तथा धनपालथान गाउपालिकाका किसानका सहभागिता थियो ।
समयमा वर्षा नभएका कारण मोरङमा अहिले सम्म १५ देखी २० प्रतिशतमात्र धान रोपाई भएको छ । अघिल्लोवर्ष मोरङमा यो अवधिमा ४० प्रतिशतभन्दा वढि रोपाई भएको थियो । निरन्तर वर्षा हुने असार महिनामा वर्षा नभएपछि वर्षाहुने आशमा भ्यागुताको विवाह गरेको कृषक हरु बताउँछन् ।

Facebook Comments Box

                     

अरुपनि