दमकमा २ दिवसीय गणित शिक्षा तालिम अाजबाट सुरु

दमक / झापाको दमक २ स्थीत हिमालय माध्यमिक बिद्यालयको सभाहलमा आजबाट २ दिने गणित शिक्षा तालिम तथा कार्यसाला शुरु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति झापा र शिक्षा तथा तालिम बिभागको आयोजनामा तालिम संचालन भएको हो । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख जय प्रसाद महतले तालिमको उद्याटन गर्नुभयो ।

तालिममा जिल्लाका १५ वटै स्थानीय तहका गणित बिषयका ३० जना शिक्षकहरुको सहभागिता रहेको जनाइएको छ । गणित शिक्षण बिधीलाई प्रबिधिको प्रयोग गरेर के कसरी गर्न सकिन्छ भन्ने बिषयमा जनकारी गराइने बताइएको छ । पछिल्लो समयमा प्रबिधिको बिकास संगै गणित शिक्षण कार्यबिधिमा पनि प्रबिधिको प्रयोगमा आधरित रहेर गणित शिक्षणमा जोड दिनु पर्ने अवस्था रहेकोले शिक्षकहरुलाई दक्ष बनाउन तालिमको आयोजन गरिएको तालिमका सहसंयोजक शालिकराम पोख्रेलले बताउनुभयो । भोली सम्म संचालन हुने तालिमको सहजिकरण अमेरीकामा गणित बिषयका प्रध्यापक भेषराज मैनालीले गर्नुभएको हो ।

Facebook Comments Box

                     

अरुपनि