१६ अाैं धान दिवस ठाउँ ठाउँमा यसरी मनाईयाे

दमक /आज गौरादह १ स्थीत उद्यमशील कृषी शहकारी संस्थाले आयोजना गरेको १६ औ राष्ट्रिय धान दिवसको उद्याटन गर्दै प्रदेश १ का आन्तिरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले कृषि क्षेत्रको बिकास गर्न प्रदेश सरकारले निति तथा कार्यक्रमा सुरु गरिसकेको बताउनुभएको छ ।

दमक ३ स्थित अाम चाेकमा रहेकाे मान सराेबर कृषि सहकारी संस्थाले १६ अाै धान दिवसकाे अवसरमा अाज बेठि बाजा, पन्चेबाजा सहित अायाेजना गरेकाे १ बिघा क्षेत्रफल जग्गामा भएकाे समुहिक राेपाईकाे मन्त्री कार्कीले उद्द्याटन गर्नु भएको थियो ।

गौरादह नगरपालीका १ स्थीत उद्यमशील कृषी शहकारी संस्थाले १६औ राष्ट्रिय धान दिवसको अवसरमा सामुहिक धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस क्षेत्रको कृषि प्रबर्धनको लागी प्रदेश सरकारको तर्फ बाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाले धान दिवसकाे अवसरमा कमल गाउँपालीका कृषि शाखाले आयोजना गरेको धान दिवसको उद्द्याटन समेत गर्नु भएकाे थियो ।
यसैगरि कमल गाउपालीका ३ स्थीत जागृति कृषि शहकारी संस्थाले धान दिवसमा बेठी लगाएर मनाएको छ । स्थानिय जागृति शहकारी संस्थाको करिब १ बिगाह क्षेत्रफलमा सामुहिक धान रोपिएको थियो ।

सो कार्यक्रमको पनि प्रदेश १ का अन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की , प्रदेश सांसद अर्जुन राई गाउपालीका अध्यक्ष मेनुका काफ्ले लगायतले सामुहिक धान रोपाई गुर्न भएको थियो ।

Facebook Comments Box

                     

अरुपनि