माेरङ्गमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसासिएर चारकाे मृत्यु

बिराटनगर / मोरङको डायनियामा बन्दैगरेकाे सेफ्टी ट्यांकीमा निसास्सिएर शनिबार चार जनाको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका ९ डायनिया स्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए ।

उनीहरु मध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको मृत्यु भएको छ ।

दाउल मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि