एसईई नतिजा सार्वजनिकः काठमाण्डौंका रोजन पाण्डेले ल्याए ४ जिपीए

काठमाण्डौं, १२ असार / यस वर्षको एसईई परीक्षामा काठमान्डौको टोखामा रहेको नेसनल मोडल साइन्स स्कुलका बिद्यार्थी रोजन पाण्डे सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी बनेका छन् । उनले ४ मा ४ जिपीए ल्याएको नेसनल मोडल साइन्स स्कुल जनाएको छ ।

स्कुलले रोजन नेपालकै सबै भन्दा बढी अंक लाउने बिधार्थी भएको समेत दाबी गरेको छ । आज प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन् । यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् ।

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन् । ९७ हजार २९९ ले सी प्लस ल्याए । जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ । सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन् ।

जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन् । ४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याए । जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन् ।

गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागीता जनाएका थिए । परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १४१ र छात्रातर्फ दुई लाख २९ हजार १३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सावर्जनिक भएको हो । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए ।

नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजा थाहा पाउन सक्ने छन् ।

Facebook Comments Box

                     

अरुपनि