शिवसताक्षी १ मा रहेको माझि बस्तिका बासीन्दाहरुको लागी घर निर्माण सुरु

जीवनसिंह राजवंशी शिबसताक्षी, १२ असार / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ मा रहेको माझि बस्तिका बासीन्दाहरुको लागी घर निर्माण सुरु भएको छ । विपन्न, गरिब र सिमान्तकृत नागरिकहरुका लागी प्रदेश सरकारको भौतिक योजना तथा शहरी विकास मन्त्रालयको शहरी बिकास तथा भवन निर्माण कार्यक्रम अन्र्तगत घर निर्माण सुरु भएको हो ।

प्रदेश सरकारको भौतिक योजना मन्त्रालयको शहरी बिकाश तथा भवन निर्माण कार्यक्रम अन्र्तगत शिवसताक्षी नगरपालिका वडा नम्बर १ स्थित माझि बस्तिमा घर निर्माण हुने भएको छ । बिहिबार, माझी वस्तीमा आयोजित कार्यक्रममा प्रदेश सांसद झलकसिंह दर्लामी लगायतले घर निर्माणको लागी सामुहिक रुपमा सिलन्यास गर्नुभएको हो ।

प्रदेश नम्बर १ ले सिमान्तकृत, विपन्न तथा घरबार बिहिन भएका नागरिकलाई आवासको प्रदान गर्नका लागी सहरी बिकाश तथा भवन निर्माणको कार्यक्रमको कार्यक्रम अघि सारेको प्रदेश सांसद झलक सिहं दर्लामीले बताउनुभयो ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरुमा ४२ ओटा घर निर्माण गरीने भएको छ । कार्यक्रम अन्र्तगत शिवसताक्षी नगरपालिकाका ११ वटै वडाहरुमा रहेका ३, ३ परिवारलाई घर निर्माण गरीने जनाईएको । घर निर्माण हुने भएपछी स्थानिय लाल बहमदुर माझी हर्षित देखिन्छन् ।

घर निर्माणका लागी प्रत्येक परिवारलाई प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रकम उपलब्ध गराएको छ भने १० प्रतिशत लागत सहभागीता उपभोत्ताको रहने बताईएको छ । टिन्को छानो र ईट्टाको पर्खाल रहने घरमा २ वटा कोठा, एउटा बरन्डा र एउटा सौचालय समेत निर्माण हुने छ ।

यस क्षेत्रमा निर्माण हुने ४२ ओटा घरहरु चालु आर्थिक वर्षको अन्तिम सम्ममा निर्माण कार्य सम्पन्न गरीने बताईएकाृे छ । घर बनाउन छ्टेका परीवारलाई आगामि बजेट बाट घर निर्माण गरीने प्रदेश सांसद झलक सिंह दर्लामीले बताउनुभयो ।

सो क्षेत्रमा आवासका लागी उपियुक्त घर नहुदा नागरिक नागरिक कष्टकर जिवन बिताउन बाध्य छन् । तर्सथ सम्बनधीत निकायले सिमान्तकृत, विपन्न तथा घरबार बिहिन भएका परीवारहरुलाई पहिचान गरी आवास निर्माणलाई प्रभावकारी बनाउन आवश्यक छ ।

Facebook Comments Box

                     

अरुपनि