दमकमा रु १ अर्व ४५ करोड ९६ लाख ८९ हजार १ सय १५ बजेट सार्वजनिक

गोविन ल्वागुन दमक / झापाको दमक नगरपालिकाले आर्थीक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न पाँचौ नगर सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत पारित गरेको छ ।

चालु आर्थीक वर्षका लागि पुजीगत र चालु खर्चका गरि १ अर्व ४५ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थीक वर्ष २०७६/७७ का लागि करिव २३ करोड बढिको बजेट दमक नगरपालिकाले आज आयोजित कार्यक्रममा यस्तो विवरण सार्वजनिक गरेको हो । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले १ अर्व ४५ करोड४१ लाख ३५ हजार रुपैँयाको बजेट नगरसभामा प्रस्तुत गर्नुभयो ।

नगरले यो बजेटमा सबै भन्दा धेरै बिकास पूर्वाधारमा रकम बिनियोजन गरेको छ । विकास पूर्वाधार तथा वडागत कार्यक्रम बाहेक नगरपालिकाले संचालन गरेको ठुला पुजीगत निर्माण हरु, क्याम्पस मोड–आम्दा पाङ्गमीचोक सडक खण्ड, वडा नं ६ को व्यापारिक भवन, नगर प्रहरी व्यारेक निर्माण लयागतका क्रमागत र बहुवर्षिय आयोजना पुरा गर्न २१ करोड रुपैँया बजेट बिनियोजन गरेको छ ।

नगरमा परेका राष्ट्रिय गौरवका योजना सम्पन्न गराउन प्रदेश र संघिय सरकारसँग समन्यवय गर्नका लागि पनि बजेट बिनियोजन गरिएको छ । दमकमा बिस्वकै सबैभन्दा ठुलो बुद्धको मुर्ती निर्माणका लागि जग्गा भोगाधिकार प्राप्तीको प्रकृया अन्तिम चरणमा पुगेको, क्लिन इन्डस्ट्रिज पार्कको जग्गाको भोगाधिकार कार्यत्र धमाधम भै रहेको, भ्यू टावरको निर्माणका लागि बोलपत्र प्रकृया टुङ्गीन लागेको नगरपालिकाले जनाएको छ ।

नगरसभामा प्रस्तुत बजेटमा नगरसभासदलाई राय तथा सुझाव पेष गर्नका लागी आगामी असार १७ गते सम्मको समायवधि समेत निर्धारण गरिएको छ ।

Facebook Comments Box

                     

अरुपनि