अास्था कलेज प्रदेशकै उत्कृष्ट कलेज घाेषित

दमक / झापाकाे दमक ४ मा रहेकाे आस्था कलेज अफ म्यानेजमेण्ट यस वर्ष प्रदेश नम्बर एकको उत्कृष्ट कलेज घोषणा भएको छ ।
गत बर्ष देश भरकै टप टेनमा पर्न सफल कलेज यस बर्ष देशकाे पाँचौ स्थान पाउन सफल भएकाे छभने प्रदेश नम्बर एककाे उत्कृष्ट कलेज घोषणा भएको छ ।

न्यू विजिनेस एजले काठमाण्डौमा असार ६ गते गरेको कार्यक्रममा आस्था कलेजलाई ‘बेष्ट विजिनेस स्कूल अफ प्रोभिन्स वान’ को उपाधीबाट सम्मान गरेको हो ।

मंगलवार आस्था कलेजले दमकमा पत्रकार सम्मेलन मार्फत यो सार्वजनिक गरेको हो ।
देश भरका १८३४ विविएस कार्यक्रम सञ्चालित कलेजहरु मध्ये  BSchool Rating Ranking Awards 2019 को कार्यक्रममा कलेजका प्रमुख टेकनाथ भण्डारीले यो कलेज देशको उत्कष्ट ५ भित्र पर्न सफल भएको जानकारी दिनुभयाे ।

कलेज २०६४ सालदेखि सञ्चालनमा आएको हाे । यो कलेजले स्थापना काल देखि नै गुणस्तरीय, ब्यवहारिक शिक्षामा जोड दिई
उत्कृष्ट नतिजा दिँदै आएको कलेजले जनाएको छ । कलेजबाट उत्पादन भएका विद्यार्थीहरु उद्यमशिल र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा आबद्ध रहेका कलेज प्रमुख भण्डारीले बताए ।

Facebook Comments Box

                     

अरुपनि