उदयपुरकाे कटारीमा साैताकाे हत्या

उदयपुर / उदयपुरको कटारी नगरपालिका–४ मा सौताबीचको झगडा हत्यासम्म पुगेको छ । स्थानीय २३ वर्षीय प्रधान राईका दुई श्रीमतीको झगडामा जेठीले कान्छीको घाँटी रेटेर हत्या गरेकी छिन् । राईको ३१ वर्षिय जेठी श्रीमति सीता राईले २० वर्षिय कान्छी श्रीमति लक्ष्मी राईको आइतबार दिउँसो घाँटी रेटेर हत्या गरेकी हुन् ।

श्रीमानसँग छुट्टिएर बस्दै आएकी सीताले सौता लक्ष्मीलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीका इन्सपेक्टर ललन कुर्मीले जानकारी दिए । ‘हत्या भएको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको चक्कु घटना स्थलबाटै बरामद गरिएको छ,’ उनले भने, ‘हत्यामा संलग्न आरोपित सीतालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेका छौँ ।’

प्रधानले ९ महिना अघिमात्रै जेठीमाथि सौता हालेका थिए । सौता भित्र्याएपछि उनले जेठीलाई एक सय मिटर पर घर बनाइ राखेका थिए । ‘जेठीले घरमै बोलाएर हत्या गरेको देखिन्छ,’ उनले भने, ‘श्रीमान टेम्पो चलाउन बजार गएको बेला घटना भएको पाइयो ।’ सीतातर्फ एक छोरी र एक छोरा छन् । घटनापछि श्रीमानलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

                     

अरुपनि