अस्पताल भित्रै गाेली चलेपछि ५ जनाकाे मृत्यु

एजेन्सी / दुई समूहबीचको विवाद चुलिएपछि अस्पताल भित्रै गोली हानाहान भएको छ । पाकिस्तानको पूर्वी प्रान्त पन्जाबको एक अस्पतालभित्र दुई समूहबीच भएको गोली हानाहान भएको हो । 

पन्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा दुई समूहबीच गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार राति जिल्ला अस्पतालमा दुई समूहबीचको विवाद चुलिएपछि एक–अर्कालाई गोली प्रहार गरेका थिए । 

आक्रमणपछि चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

गोली लागेर अन्य केही घाइते भएका छन् ।
 

Facebook Comments Box

                     

अरुपनि