आदिबासी जनजाती दमककाे ५ दिवसीय खाद्य प्रशोधन तालिम अाज सम्पन्न

दमक / नेपाल आदिबासी जनजाती माहासंघ दमक नगर समन्वय समितिले आयोजना गरेको ५ दिने खाद्य प्रशोधन सम्बन्धी तालीमको आज समापन भएको छ ।

दमक नगरका १० वटै वडाका आदिबासी जनजाती समुदायलाई लक्षित गरि आयोजना गरिएकोे तालीममा अचार , डुनोट र जाम कसरी तयारी र प्रशोधन गर्ने सम्बन्धी सिकाइएको तालीमको सहजीकरण मोदनाथ कोइरलाले गरेका थिए । कार्यबाहाक नगर प्रमुख बोधराज न्यौपानेको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा बिभिन्न जातिय प्रतिनिधित्वहरको सहभागिता रहेको थियो । कार्यक्रममा अार्थिक सहयाेग भने नगरपालिकाकाे रहेकाे र समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक नगरप्रमुख न्यौपानेले तालीममा सिकेको सिपलाई ब्यबाहारमा लागु गर्नु पर्ने भन्दै उद्यमी बन्न चाहाने ब्यक्ति वा समुहलाई नगरको तर्फ बाट आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो ।
गत जेष्ठ ३० गते देखि संचालन भएको तालीममा ५३ जनाको सहभागिता रहेको बताइएको छ । आदिबासी जनजाती समदायहरुलाई आत्म निर्भर बनाउने उदेश्यले तालीमको आयोजना गरेको नेपाल आदिबासी जनजाती महिला माहासंघ दमक नगर समन्वय समितिकी अध्यक्ष भगवती श्रेष्ठले बताउनुभयो । कार्यक्रम नेपाल आदिबासी जनजाती माहासंघ र नेपाल आदिबासी जनजाती महिला माहासंघ दमक नगर समन्वय समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

नेपाल आदिबासी जनजाती माहासंघ दमक नगर समन्वय समितिका अध्यक्ष गुमानसिह तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन समितिका सचिब मणिराज धिमालले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि