वडा कार्यलयमा अज्ञात समूह द्वारा अागजनी

सल्यान / सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा सोमबार राति करिब २ बजे आगलागी भएको हो ।

राति आगलागी भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगलागीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, ल्यापटप, सोलार प्यानल, दराज, कुर्सीलगायतका सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरी र स्थानीयको सहयोगमा बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो। आगलागी कस्ले र किन गर्याे भन्नेबारे कुनै जानकारी आएको छैन् ।

Facebook Comments Box

                     

अरुपनि