टिप्परकाे ठक्करबाट बालककाे मृत्युु

झापा / झापाको गौरादह गौरिगन्ज सडक खण्ड अन्तर्गत गौरादह ७ भेटवाल चौकमा गौरादह बाट गौरिगन्ज तर्फ गैरहेको मे १ ख २७०४ नम्बरको टिप्परले ठक्कर दिदा १ बालककाे मृत्युु भएकाे छ ।
मृत्यु हुनेमा तरहरा घर गौरादह ७ मामली घरमा बस्दै अाएका १० बर्षिय बालक ओमराज गिरिको आज दिउँसो अन्दाजी २ बजे टिप्परकाे ठक्कर बाट मृत्युु भएकाे हाे ।

टिप्परका चालक भने गौरादह नगरपालिका ७ बस्ने ३१ बर्षिय सोम प्रसाद बजगाइ र टिप्पर ईलाका प्रहरी कार्यलय गौरिगन्जको नियन्त्रणमा रहेको गाैरादह ट्राफिक प्रमुख नारायण भट्टराईले जनाएका छन् ।

Facebook Comments Box

                     

अरुपनि