दैलेखमा जिप दुर्घटनामा ८ घाईते , घाईतेकाे हेलिकप्टर बाट उद्धार

दैलेख / दैलेखको ठाटीकाँध गाउँपालिका–३ वहाँकोटमा बोलेरो जीप दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको ठाटिकाँध प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेखको ठाटिकाँध गाउँपालिका–४ विशालातर्फ जाँदै गरेका भे १ च २९९० नम्बरको जीप सोमवार बिहान करिब ८ बजे वहाँकोट बजारबाट करिब ५ सय मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परि गम्भीर घाइते चारजनालाई उपचारको लागि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको ठाटिकाँध गाउँपालिका–३ का वडाध्यक्ष कर्ण बहादुर शाहीले बताउनुभयो ।

गम्भीर घाइतेमा देउती मावि गैरागाउँका प्रधानाध्यापक सुरत शाही, वडा नम्बर ४ का बमबहादुर शाही, गाडीधनी लोकेन्द्र शाही र चालक ठाटीकाँध–२ का भरत बिष्ट रहेको वडाध्यक्ष शाहीले बताउनुभयो ।

Facebook Comments Box

                     

अरुपनि