भाेली जात्री पर्व, दमकमा सर्वजनीक बिदा

दमक/ धिमाल जातीकाे जात्री पर्वको अवसरमा साेमबार दमक नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदाकाे निर्णय गरेको छ ।
नगरपालिकाका कार्यवाहक प्रमुख बोधराज न्यौपानेले एक सूचना जारी गर्दै असार २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।

धिमाल जाती दमक नगरपालिकाले पहिलो जातीको रुपमा घोषणा गरेको छ ।

वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् ।

नयाँ वर्षको आगमन सँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ ।

Facebook Comments Box

                     

अरुपनि