शिवसताक्षीमा १ सय ४४ ले पाए राेजगार

जीवनसिंह राजवंशी शिबसताक्षी / झापाको शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय ४४ जनाले रोजगार पाएका छन् । नगरपालिकामा एक कार्यक्रमकोबीच नगर प्रमुख चन्द्र कुमार शेर्माले कामदारहरुलाई ज्याकेट, हेल्मेट र काम गर्न विभिन्न औजारहरु प्रदान गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

नगरका विभिन्न वडाबाट १५ सय ५९ जनाले रोजगारको लागी फारम भरे पनि १ सय ४४ जनालाई रोजगार प्रदान गरीएको हो । नगरका ७ नम्बर वडाबाट १४ जना र बाँकी १० वडाहरुबाट १३ जना गरी १ सय ४४ जनालाई रोजगार दिईएको हो । रोजगार पाएका कामदारहरुले. वडागत रुपमा नदि नियन्त्रण, सरसफाई, सडक निर्माण लगायतका कामहरु लगाईने भएको छ ।

३० दिनको रोजगारीमा रोजगार पाएका कामदारहरुलाई दैनिक ५ सय १७ रुपैया ज्याला दिईने भएको हो । नगरले साप्ताहिक रुपमा ज्याला प्रदान गर्ने नगरले जनाएको छ । कामदारहरु रोजगार पाएसंगै सर्षित देखिन्छन् । तर, १ महिनाको लागी मात्र रोजगार भएका कारण रोजगार पाउने दिन कम भएको कामदारह महालक्ष्मी दाहालको भनाई छ ।

शिवसताक्षी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागी चालु ३२ लाख रुपैया बजेट आएको थियो । जस्मा बजेटको ७० प्रतिशत रकम ज्याला खर्च गरीने रोजगार शाखाले जनाएको छ । एक घर एक रोजगार नगरको उद्धेश्य रहे पनि हाल नगरले विपन्न र लक्षित समुदायका मानिसहरुलाई रोजगारको ब्यवस्था गरीरहेको र क्रमिक रुपमा नगरमा बेरोजगार न्युनिकरण गर्ने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्र कुमार शेर्माले बताउनुभयो ।

नगरले १ सय ४४ जनालाई रोजगारी दिए पनि नगरमा बेरोजगारको संख्या औधि रहेको छ । तर्सर्थ यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु संगै अझ रोजगारीका पाटो सिर्जना गर्न सम्बन्धित निकायहरु लागिपर्न जरुरी देखिन्छ ।

Facebook Comments Box

                     

अरुपनि