साना सहयाेगी समूहकाे सहयाेग १०८ बिधार्थीलाई

दमक / झापाकाे दमकमा रहेकाे साना सहयाेगी समूह नेपालले अाज कन्काई गायत्री प्राथमिक बिधालयका बिधार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेकाे छ ।

कनकाइ नगरपालिका वडा नम्बर ४ काेटिहाेममा रहेकाे बिधालयका कक्षा नर्सरी देखि कक्षा ५ सम्मका १०८ जना बिधार्थिहरुलाई दमकमा रहेकाे साना सहयाेगी नेपाल संस्थाले मंगलबार एक कार्यक्रमका बिच शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेकाे हाे ।

बिधालय ब्यावस्थापा समितिका अध्यक्ष हरि प्रसाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका संचालक दुर्गाप्रसाद गड्ताैलाले बिधालयका १०८ छात्र छात्रा हरुलाई साे सामाग्री निशुल्क बितरण गरेका थिए ।

बिगत २ बर्ष अघि बाट समाजिक र शैक्षिक क्षेत्रमा सहयाेगी मन बढाउदै अाएकाे साे संस्थाले अार्थिक स्थिति कमजाेर भएका जेहेन्दार बिधार्थिहरुलाई कापी कलम शैक्षिक पाेषाक लगायतका सामाग्रीहरु सहयाेग गर्दै अाएकाे संस्थाका संचालक गड्ताैला बताउँछन् ।

कार्यक्रममा नगर शिक्षा उप सचिव पिताम्बर गाैतम,वडाअध्यक्ष गाेबिन्द पाैडेल,संस्थाका संचालक दुर्गाप्रसाद गड्ताैला धर्मपत्नी देवकुमारी गड्ताैला, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश प्रसाद गाैतम,शिक्षक प्रतिनिधि सुमित्रा मैनाली र साेहि बिधालयका बिधार्थी लगायत बिधालय संचालक सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

                     

अरुपनि