आदीवासी रंगशालामा जातिय राजनिति चलखेल नगर्न, सरकार संघ संघीय लिम्बुवान मञ्चकाे अाग्रह

दमक / झापाको कमल गाउँपालिका वडा नं ५ पाडाजुङ्गीस्थित गेउरियामा निर्माणधिन आदीवासी रंगशाला तथा स्मृति पार्कमा जातिय राजनिति चलखेल नगर्न संघीय लिम्बुवान मञ्च नेपालका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सरकारसंग आग्रह गरेका छन् । संघीय लिम्बुवान मञ्च नेपालले आज रंगशाला तथा स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ उपाध्यक्ष गुरुङले सरकारसंग आदीवासी जनजातिको भावना र सात सय बढी चिहानहरुको अस्तिवलाई सम्मान गर्न समेत आग्रह गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गुरुङले आदीवासीहरु विकास बिरोधि नभएको र विकासको अभियानमा सहयोगी भूमिका खेल्ने बताए । उनले आदीवासी रंगशाला निर्माण कार्य सुरु हुनु अघि भएका स्थानीय अगुवाहरु र अन्य सरोकारवालासंग गरिएको भद्र सहमति उल्लघन गरिनु नहुनेमा जोड दिए ।

सो स्थानमा आदीवासीहरुको बर्षौै–वर्षदेखी जोडिएको चिहानसंगको सम्बन्धलाई तोडमोड गरिएमा आफुहरुलाई मान्य हुदैन, गुरुङले भने । उनले नाममा आफ्नो पार्टीको कुनै खालका समस्या नरहेको र आदीवासी रंगशाला तथा स्मृति पार्कको नामलाई परिवर्तन गर्न नहुने तर्क गरे । नाममा त्यस्तो के छ, गुरुङले भने–आदीवासीहरु यो देशको नागरिक होइन या आदीवासीहरु कुनै क्षेत्रबाट नेपालमा आयतित हुन् ? उनले प्रश्न गरे ।

स्वर्गीय मदन भण्डारीप्रति हाम्रो पार्टीको तर्फबाट अत्यन्तै सम्मान र स्नेह–आदर रहेपनि आदीवासीहरुको चिहानहरुलाई निमोट्यान हुने गरी निर्माण कार्य सुरु गरिने भनेको रंगशाला तथा स्मृति पार्कलाई परिवर्तन गरेर मदन भण्डारी अन्तराष्टिय रंगशाला निर्माण हुन नसक्ने गुरुङले बताए ।
कार्यक्रममा आदीवासी रंगशाल तथा स्मृति पार्ककी कोषाध्यक्ष एबम् संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय सदस्य नेत्री बिष्णु भट्टराईले आदीवासी रंगशाला तथा स्मृति पार्क बाहेक अरु कुनै पनि नामहरु आफुहरुलाई मान्य नहुने बताईन् । उनले मुलुकको प्रधानमन्त्री एबम् यहि क्षेत्रबाट पटक पटक निर्वाचित जनताका प्रतिनिधि केपी शर्मा ओलीले झापाली आदीवासि जनजातिहरुको भावना र सम्बन्धलाई विर्सन नहुनेमा जोड दिइन् । उनले प्रधानमन्त्री ओलीको विशेष योजनामा रंगशलाको नामकरण परिवर्तन हुदै गरेको खबरले आफुहरु आश्चर्य चकित भएको बताईन् ।

कार्यक्रममा नेकपा माओवादी कान्तिmकारीका झापा सेक्रेटरी बिमल आर्चाय, लिम्बुवान युवा नेता इक्साहाङ चेम्जोङ, धनराज सुब्बा, अशोक चेम्जोङ लगायतले रंगशालाको नाम परिवर्तन नगर्न आग्रह गरेका थिए । उनिहरुले सयौको संख्यामा आदीवासी समुदायको चिहानलाई नामेट गर्दै स्मृति पार्कसहित रंगशाला निर्माण गर्न तयार यहाँको आदीवासीहरुको भावनालाई कुठाराघात गर्न नहुने बताएका थिए । उनिहरुले रंगशालामा जातिय रङ्गले राजनिति नगर्न जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता संघीय लिम्बुवान मञ्च पार्टीका उपमहासचिव एबम् आन्दोनल संघर्ष समितिका संयोजक भानु भट्टराईले गरेका थिए भने सञ्चालन पार्टीका केन्द्रीय सचिव एबम् पत्रकार दिलकुमार लावोतीले गरेका थिए । हाम्राे सराेकारबाट साभार

Facebook Comments Box

                     

अरुपनि