सिरस एजुकेसनकाे दाेस्राे साखा अब दमकमा पनि

दमक / बिगत १४ बर्ष अघि बाट अष्ट्रेलियामा स्थापना गरिएकाे सिरस एजुकेसनले अष्ट्रेलिया , जापान लगायतका देशहरुमा अध्यानका लागि जान ईच्छुक बिधार्थीहरुलाई सहज गर्ने उदेश्यले अाज झापाकाे दमकमा साखाकाे बिधिवत रुपमा उद्धघाटन गरिएकाे छ ।
उद्धाटनमा दमक उधाेग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले रिवन काटेर उद्धघाटन गरेका थिए भने कार्यक्रममा उधाेग बाणिज्य सघ दमकका बरिस्ठ उपाध्यक्ष बिमल खतिवडा ,प्रथम उपाध्यक्ष गोपाल गुरागाइ ,स्थानीयबासी ,पत्रकार लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियाे ।

सिरस एजुकेसनकाे मुख्य कार्यलय अस्ट्रेलियामा रहेकाे र शाखा कार्यलयहरु काठमाडौं ,दमक र केही दिनमा बिराटनगरमा सन्चालनमा आउने एजुकेसन दमकका शाखा प्रमुख बिबेक भटराईले जनाएका छन् ।
अध्यानका लागि बिभिन्न देशहरुमा जान ईच्छुक बिद्यार्थीहरुलाइ उचित परामर्श , स्पेशल कक्षाहरुको ब्यबस्था , सुपथ मुल्यमा उच्च शिक्षा अध्यान गर्न पठाइने ,आधुनिक प्राविधिक तरिकाले बिद्यार्थीहरुलाइ सिकाइने लगायतका सुबिधा रहेको साखा प्रमुख भट्टराईले
जानकारी दिए ।

Facebook Comments Box

                     

अरुपनि