माेटर साईकल दुर्घटनामा १ काे मृत्युु ३ घाईते

बिर्तामोड / झापाकाे पुर्वपश्चिम राजमार्ग स्थित रामचाेकमा अाज बिहान दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गौरादह ५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

साे दुर्घटना परी घाईते हुनेमा गौरदाह नगरपालिका ५ बस्ने ३१ वर्षीया यमुनादेवी न्यौपान, दमक बस्ने २० वर्षीय जीवन भण्डारी, दमक ९ बस्ने २३ वर्षीय कर्म उराउ रहेका छन । घाइतेहरुको उपचार बिर्तामोड स्थित बि एण्ड सि अस्पातलमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १२ प ६३३७ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । ६३३७ नम्बरको मोटरसाइकलले को १ च ८२१९ नम्बरको कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६३३७ नम्बरको मोटरसाइकल चालक घिमिरेको मृत्यु भएको हो ।

Facebook Comments Box

                     

अरुपनि