दुबइमा बस दुर्घटनामा १७ जनाकाे मृत्युु

एजेन्सी / संयुक्त अरब इमिरेट्सको दुबइमा गएराती भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ । ५ जना गम्भीर घाइते छन् । मारिने १७ जना विभिन्न फरक फरक देशका छन् । यीमध्ये नेपाली पनि हुन सक्ने आशंका गरिएको छ तर यसको पुष्टि हुन सकेको छैन ।

बसमा विभिन्न देशका ३१ जना यात्रु थिए । यी सबै यात्रुहरु ओमानबाट विदा मनाएर फर्किने क्रममा शेख मोहम्मद बिन जायेद रोडमा दुर्घटना भएको थियाे । बस मेट्रो स्टेशन नजिकै गाइडिङ बोर्डमा ठोक्किएको बताइएको छ । घाइतेहरलाई राशिद अस्पताल भर्ना गरिएको छ । खालिज टाईम्सबाट साभार

Facebook Comments Box

                     

अरुपनि