कैलाली-कञ्चनपुरमा भीषण हावाहुरीका कारण घाइतेको संख्या ४१ पुग्यो
२०७६ जेष्ठ २४, शुक्रबार ०१:०९
कैलाली / कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।
कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ ।
सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेको छ ।
कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।
Facebook Comments Box
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट