दमकमा लायन्सकाे सय दिने मधुमेह परिक्षण शिविर सम्पन्न
दमक/ लायन्स क्लब अफ दमक इष्टर्न लायन र ग्रीन सिटीले संयुक्त रुपमा झापाको दमकका विभिन्न वडामा सय दिने मधुमेह परीक्षण शिविर सम्पन्न गरेका छन् ।
दमकको ग्रामीण क्षेत्र मानिने वडा नम्बर ३, १०, ५ र ७ मा गत मसिंर ७ देखि सुरु गरिएकाे शिविर फागुन १८ गते सम्ममा २०३९ जनाको रगत परिक्षण गर्दा ३० प्रतिशत मधुमेहबाट पीडित रहेका पाइएको छ ।
मधुमेह परीक्षण शिविरमा रगत परीक्षण गराएका कूल २ हजार ३९ जना मध्ये ६ सय १२ जना मधुमेहबाट पीडित रहेका पाइएको छ ।
स्वास्थ्यकर्मी समेत रहेका लायन्स क्लब अफ दमक ग्रीनसिटीका द्धितीय उपाध्यक्ष कुवेर भट्टराईका अनुसार मधुमेहका ति विरामी मध्ये ४२ जनाले आफू मधुमेहबाट पीडित रहेको पहिलो पटक जानकारी गराएका थिए ।
परीक्षणमा आएका मध्ये मधुमेह पीडित विरामी झण्डै ३० प्रतिशत रहेका पाइएको छ ।
मधुमेहबाट महिलाको तुलनामा पुरुष धेरै पीडित रहेका पनि शिविरको तथ्याङकले देखाएको छ । ३० प्रतिशत मध्ये करिब १० अर्थात ९.०६ प्रतिशत विरामी मात्रै महिला रहेका र अन्य करीब २० प्रतिशत पुरुष यसबाट पीडित रहेका पाइएको लायन्स क्लब अफ दमक इष्टर्न लायनका अध्यक्ष विमल शर्माले जानकारी दिए । शिविर सञ्चालनका क्रममा जनचेतनामुलक सन्देशसहितका एक सय वटा डायरी वितरण गरिएको शर्माले बताए ।
शिविर सञ्चालन गरेका इष्टर्न लायन र ग्रीनसिटीले संयुक्त रुपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा लायन लिडर एवम् लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानका एमओजी अजय अग्रवालले लायन्स क्लब इन्टरनेशनल स्थापनाको सय बर्ष पुगेको अवसरमा मानिसको स्वास्थ्य परीक्षण कार्यक्रमलाई अभियानका रुपमा अघि बढाउने निर्णय अनुसार दमकमा दुई लायन्स क्लबले सञ्चालन गरेको सो एक सय दिने मधुमेह परीक्षण शिविरले गरेको कामको प्रशंसा गरे । सो कार्यक्रमको सञ्चालन भने लायन्स क्लब अफ दमक इष्ठर्न लायनका वेनु निरौलाले गरेका थिए ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता