पेट्रोलकाे मूल्य घट्याे

दमक / नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आयल निगमले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको जानकारी दिएको छ ।


नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायका अनुसार बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइनेछ ।


घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको निगमले जनाएको छ ।

डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि