कनकाईमा राष्ट्रपति रनिङ्गशिल्ड


सिएम शर्मा / सुरुङ्गा
कनकाई माविको खेलमैदानमा सोमबारदेखि स्थानीय तह स्तरिय ११ अौ रास्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नेपाल सरकार , युवा तथा खेलकुद मन्त्रालयको तत्वावाधान तथा रास्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा नगरपालिका स्तरीय प्रतियोगिता कनकाई नगरपालिकाको अायोजनामा गरिएको हो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कनकाई मविका प्रधानाध्यापक गोपि कृष्ण भट्टराईको संयोजकत्वमा प्रतियोगिता संचालक समिति समेत निर्माण गरिएको छ ।
अौपचारिक रुपमा मंगलबार उद्घाटन गरिएको प्रतियोगिताको उद्घाटन समारोहका अध्यक्ष गोपि कृष्ण भट्टराईले प्रतियोगिताको अौचित्य माथि प्रकाश पार्दै रास्ट्रिय खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका रहेको यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने र त्यसैगरी छनौटमा पर्दैगए प्रतियोगिले प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउन सक्ने अवसर पाउने वताएकाछन ।

त्यसैगरी कनकाईनगर प्रमुख राजेन्द्र पोखरेल , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव पिताम्बर गौतम , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले कार्यक्रममा बोल्दै यस किसिमका प्रतियोगिताले बिद्यार्थी को शारीरिक र मानसिक विकास हुने , अनुसासनमा रहन सिकाउने साथै भोलि गएर देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरेका छन ।
प्रतियोगिताको उद्घाटनमा कार्यक्रममा सहभागी अतिथि , संचारकर्मी र शिक्षक बाट १०० मिटर दौडको प्रतिस्पर्धा गराई ट्रयाक उद्घाटन गरिएको थियोे । उक्त उद्घाटन प्रतियोगितामा संचारकर्मी इजलास दैनिकका संवाददाता सिएम शर्मा प्रथम , कनकाई माविका शिक्षक चन्द्र प्रसाद पोखरेल र भिम प्रसाद दहाल क्रमशः द्वितीय र तृतीय भएका छन ।
प्रतियोगितामा भलिबल , कवडि , कराते , भिन्न भिन्न दुरिको दौड , सटपुट , ज्याब्लिङ्ग थ्रो , हाई जम्प , लङ्ग जम्प , त्रिपल जम्प , छेलो लगायतका खेलहरु समावेश गरिएको छ ।
कनकाई नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि २० वटा माविका छात्रछात्राको सहभागिता रहेको यो प्रतियोगिता बुधबार सम्पन्न हुने अायोजकले वताएको छ ।

Facebook Comments Box

                     

अरुपनि