प्रदेश १ मा ३०७ संक्रमित थपिए, ३०८ संक्रमण मुक्त

बिराटनगर / प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५–५, गौरादहमा ४, हल्दीबारीमा ३, शिवसतासीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरी शनिश्चरेमा ६, सुन्दरहरैचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुली र माङसेबुङ १–१, खोटाङको खोटेहाङ र सङ्खुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ७४ हजार ५५० पुगेको छ । संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । आज ३०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ ।
प्रदेश १ मा आज ८६७ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १५५ महिला र १५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि