चितवनमा ट्रक र दुई स्कुटर ठक्कर खादा  एक महिलाको मृत्यु

सर्लाही / चितवनमा एक ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ।

आज करिब ३ बजेको समयमा भरतपुर महानगरपालिका–१ आँपटारीस्थित पानी ट्याङकी ओरालोमा नारायणगढबाट लम्जुङतर्फ गइरहेको  ग.१ ख.९७५६ नम्बरको (फलाम बोकेको) ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा बागमती प्रदेश३–००३ प ३५४३  नम्बर स्कुटरमा सवार एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुने महिला स्कुटर पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने अन्दाजी ४२ वर्षीय चिनीमाया पौडेलको भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए।

महिलाको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल भरतपुरमा ल्याइएको छ।

स्कुटर चालक भरतपुर–११ बस्ने ३५ वर्षीय पुष्पराज बास्तोलाको भने पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भीर छ ।

प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक तनहुँ देवघाट गाउँपालिका–५ बस्ने बर्ष ३० को तिल बहादुर गुरुङ र स्कुटर पछाडी सवार सोहि ठाउँकी बर्ष ३५ की सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य छ।

अर्की प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक तनहुँ देवघाट गाउँपालिका–५ बस्ने ३० वर्षका तिलबहादुर गुरुङ र पछाडि सवार सोही ठाउँकी ३५ वर्षीया सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरुको अवस्था भने सामान्य रहेकाे प्रहरी प्रबक्ता थापाले बताए ।

Facebook Comments Box

                     

अरुपनि